चीन र भारतका सेनाबीच १७औँ कमान्डर स्तरीय वार्ता सुरू
2022-12-23 15:40:31CRI
Share with:

डिसेम्बर २० तारिख  चीन र भारतका सेनाबीच १७औँ कमान्डर स्तरीय वार्ता सुरू भएको छ। जुलाइ १७ को वार्तादेखि हासिल गरिएको प्रगतिको आधारमा दुई पक्षले खुला तथा रचनात्मक तरिकामार्फत् चीन तथा भारतको सिमानाको पश्चिमी भागमा वास्तविक नियन्त्रण क्षेत्रबारे  वैचारिक आदानप्रदान गरेका छन्।

दुई देशका राष्ट्रनायकको सहमतिको निर्देशनमा दुई पक्षले बाँकी समस्याको समाधानबारे सदिच्छापूर्ण तथा गहन रूपमा छलफल गरेर चीन-भारत सिमानाको पश्चिमी भागमा वास्तविक नियन्त्रण क्षेत्रको सुरक्षा तथा स्थिरताको पुनःस्थापना र द्वीपक्षीय सम्बन्धको विकासका लागि सहयोग गर्ने सहमति गरेका छन्। बाँकी समस्याबारे दुवै पक्षले स्वीकृत उपाय खोज्ने तथा दुई पक्षले सिमानाको पश्चिमी भागको सुरक्षा तथा स्थिरताको रक्षा गर्नुका साथै कुटनीतिक तथा सैन्य मञ्चमा घनिष्ट वार्ता कायम राख्ने मतैक्य प्राप्त गरेका छन्।