अमेरिकासँग तिब्बत मामिलामाथि हस्तक्षेप गर्ने अधिकार छैन
2022-12-24 15:49:39cri
Share with:

अमेरिकाले कथित तिब्बत मानवअधिकारको नाममा चिनियाँ अधिकारीमाथि अवैध रोक लगाएको छ जसले चीनको आन्तरिक मामिलामाथि गम्भीर रूपमा हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको थप उल्लंघन गरेको छ। चीनले त्यसको कडा विरोध गर्नुकासाथै निन्दा गरेको छ।

चीनले चीन तथा तिब्बतसम्बन्धी मामिलामा गम्भीर गतिविधि गरेका पूर्व अमेरिकी विदेशमन्त्रीको चीन मामिला सल्लाहकार यु माउछुन र वर्तमान “काँग्रेस-प्रशासक विभाग चीन कमिटी” कार्यालयका उपप्रमुख टोड स्टेइनमाथि जवाफी कदम चालेको छ। सम्बन्धित् विषय चिनियाँ परराष्ट्र मन्त्रालयको चौथो पत्रमा सार्वजनिक भइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले २३ तारिख नियमित पत्रकार सम्मेलनमा व्यक्त गर्नुभएको छ।

प्रवक्ता माउ निङका अनुसार, तिब्बती मामिला चीनको आन्तरिक मामिला हो। अमेरिकासँग तिब्बती मामिलामाथि हस्तक्षेप गर्ने अधिकार छैन। चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेमा चीनले जवाफी कदम चाल्ने छ।