सन् २०२२ जनवरीदेखि नोभेम्बरसम्म चीनले व्यवहारिक रुपमा प्रयोग गरेको विदेशी पूँजी गत वर्षको सोही अवधिको तुलनामा ९.९प्रतिशतले वृद्धि
2022-12-24 15:57:14cri
Share with:

चीनको वाणिज्य मन्त्रालयले डिसेम्बर २३ तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सन् २०२२ जनवरीदेखि नोभेम्बरसम्म चीनले ११ खर्ब ५६ अर्ब ९ करोड चिनियाँ युआनको विदेशी पूँजी व्यवहारिक रुपमा प्रयोग गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले वृद्धि भएको छ।

सेवा व्यवसायले ८ खर्ब ४२ अर्ब ६१ करोड चिनियाँ युआनको विदेशी पूँजीको प्रयोग गरेको थियो। उच्च प्रविधि व्यवसायले व्यवहारिक रुपमा प्रयोग गरेको विदेशी पूँजीमा गत वर्षको सोही अवधिको तुलनामा ३१.१प्रतिशतले वृद्धि भएको छ।

दक्षिण कोरिया, जर्मनी, बेलायत र जापानबाट चीनमा लगानी ल्याइएको कुल रकम क्रमशः १२२.१ प्रतिशत, ५२.६ प्रतिशत, ३३.१ प्रतिशत र २६.६ प्रतिशतले वृद्धि भएको छ।