अमेरिकी“२०२३ आर्थिक वर्ष राष्ट्रिय रक्षा अनुमोदन स्वीकार कानून”बारे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताको भनाइ
2022-12-24 15:54:51cri
Share with:

डिसम्बर २४ तारिख अमेरिकी राष्ट्रपति जोसेफ बाइडनले “२०२३ आर्थिक वर्ष राष्ट्रिय रक्षा अनुमोदन स्वीकार कानून” मा हस्ताक्षर गर्नुभएको छ। त्यसमा चीनसित सम्बन्धित धेरै नकारात्मक विषयहरू रहेका छन्। चीनले त्यसको निन्दा तथा कडा विरोध गर्नुका साथै असन्तोष जनाउँदै अमेरिकासँग सो विषयमा गम्भीरताका साथ कुराकानी गरिसकेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले व्यक्त गर्नुभएको छ।

उक्त कानूनले तथ्यको वेवास्ता गरेर चीनको नकरात्मक प्रचार गर्नुका साथ चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरी चिनियाँ कम्युनिष्ट पार्टीमाथि हिलो छ्यापेर चीनमाथि गम्भीर राजनीतिक चुनौती दिएको छ। त्यस कानूनमा थाइवानसम्बन्धी पनि धेरै नकारात्मक विषयहरू भएका हुनाले एक चीन नीति र चीन-अमेरिकाबीचको तीनवटा संयुक्त विज्ञप्तिको पनि गम्भीरताका साथ उल्लंघन गरेको छ। जसले “थाइवान स्वतन्त्र” पृथक पक्षलाई गम्भीर र गलत सूचना देखाएर थाइवान जल डमरूको शान्ति तथा स्थिरतामाथि गम्भीर क्षति पुर्याएको छ। अमेरिकाले थाइवानमार्फत् चीनको नियन्त्रण गर्ने गतिविधि तुरून्तै रूपमा रोक्नुपर्छ, एक चीन नीति बङ्ग्याउने गतिविधि रोक्नुपर्छ। गलत बाटोमा टाढासम्म नहिँड्न प्रवक्ताले सचेत गराउनुभएको छ।