वाङ यी र सिङ्गापुरका परराष्ट्र मन्त्रीबीच टेलिफोन वार्ता
2022-12-25 15:56:51cri
Share with:

डिसेम्बर २४ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले सिङ्गापुरका परराष्ट्र मन्त्री विवीयन बालाकृष्णनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

परराष्ट्रमन्त्री वाङ यीले चीन र सिङ्गापुरले समन्वय बढाउँदै चुनौतीको सँयुक्त रुपमा सामना गरेको तथा दुई मुलुक क्षेत्र र विश्वको स्थिरताको कारक-तत्व बनेका बताउनुभयो। वाङले चालू वर्षको अन्त्यमा दुई मुलुकले सफल अनुभवको निचोड निकाल्नुपर्ने, द्विपक्षीय सम्बन्धको विकासका लागि नयाँ शक्ति थप्नुपर्ने कुरामा जोड दिनुभयो।

भिभीयनले सिङ्गापुर र चीनबीच भएको उच्च स्तरीय आदान-प्रदानको प्रँशसा गर्नुभयो। उहाँले चीनले महामारीविरुद्धको तीन वर्षमा उपलब्धि हासिल गरेको तथा महामारीविरुद्ध सम्बन्धमा अन्तर्राष्ट्रिय सहयोगका लागि महत्वपूर्ण योगदान दिएको बताउनुभयो।

परराष्ट्रमन्त्री वाङले चीनले चीन र विदेशका व्यक्तिहरूबीचको आदान-प्रदानका लागि निरन्तर रुपमा सुविधा उपलब्ध गराउने पनि बताउनुभयो।