थाइवान मामिला चिनियाँहरूको आफ्नो कुराः चीनको प्रतिरक्षा मन्त्रालय
2022-12-25 15:58:22cri
Share with:

डिसेम्बर २४ तारिख चीनको प्रतिरक्षा मन्त्रालयका प्रवक्ता थान खफैले अमेरिकाले “२०२३ आर्थिक वर्ष राष्ट्रिय रक्षा अनुमोदन स्वीकार कानून” पारित गरेको विषयबारे पत्रकारको प्रश्नको जवाफ दिनुभएको छ।

प्रवक्ता थानले अमेरिकाले सार्वजनिक गरेको  “२०२३ आर्थिक वर्ष राष्ट्रिय रक्षा अनुमोदन स्वीकार कानून”ले चीनको सर्वभौमकिता, सुरक्षा, विकास तथा हितमाथि हानी पुर्याएको बताउँदै चीनले यसप्रति कडा निन्दा र असन्तुष्ट व्यक्त गरेको तथा विरोध गरेको र चीनले अमेरिकासँग गम्भीरताका साथ कुराकानी गरेको बताउनुभएको छ।  

प्रवक्ता थानकाअनुसार, चीन शान्तिपूर्ण विकास बाटोमा अडिग रहेको, व्यावहारिक कारवाहीमार्फत विश्व शान्तिको सँरक्षण गर्ने, साझा विकास बढाउने, मानव भाग्य समुदायको सिर्जना बढाउन अडिग रूपमा लागिरहेको छ।

थाइवान मामिलाको समाधान चिनियाँहरूको आफ्नो कुरा हो र चीनको आन्तरिक मामिला हो। चीनले कुनै पनि बाहिरीय पक्षको हस्तक्षेपलाई स्वीकार गर्ने छैन।