विश्वको पहिलो सी–९१९ विमानको १०० घण्टाको परीक्षण तथा प्रमाणिक उडान हुने
2022-12-25 16:22:58cri
Share with:

विश्वको पहिलो सी–९१९ नामक चीनद्वारा उत्पादित ठूलो विमान डिसम्बर २६ तारिखदेखि १०० घण्टाको परीक्षण तथा प्रमाणिक उडान गर्ने भएको छ।

जानकारी अनुसार, सी–९१९ को सञ्चालनको प्रत्याभूति गर्न चाइना इस्टर्नले सबैभन्दा राम्रा कर्मचारी र स्रोत खटाएको छ। १०० घण्टाको खाली विमान परीक्षणले विमानको सञ्चालनको सुरक्षा, मर्मतको विश्वास र अरू विविध सञ्चालनको प्रत्याभूति क्षमताको प्रमाणिक प्रत्याभूति दिनेछ। यी तयारी कार्य पूरा भएपछि पहिलो सी–९१९ विमान आगामी वसन्तमा व्यापारिक सञ्चालनमा आउने जनाइएको छ।