१८ औँ चिनियाँ अन्तर्राष्ट्रिय सांस्कृतिक व्यवसाय एक्स्पो आगामी साता हुने
2022-12-25 16:12:07cri
Share with:

१८ औँ चिनियाँ(शनचन)अन्तर्राष्ट्रिय सांस्कृतिक व्यवसाय एक्स्पो आगामी साता डिसम्बर २८ तारिखदेखि सुरू हुने भएको छ। उक्त एक्स्पो २९ तारिखदेखि जनवरी २ सम्म सर्वसाधारणका लागि खुला गरिने छ।

उक्त एक्स्पो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रकाशन विभाग, चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय रेडियो तथा टेलिभिजन व्यूरो, चिनियाँ अन्तर्राष्ट्रिय वैदेशिक व्यापारको प्रवर्द्धन परिषद, क्वाङ तुङ प्रान्तीय सरकार, शनचन शहरीय सरकारद्वारा संयुक्त रूपमा आयोजना गर्नलागेको हो। 

साथै सांस्कृतिक व्यवसाय एक्स्पोको अफलाइन र अनलाइन दुवै तारिकामार्फत् आयोजना हुनेछ। ३,४०२ संस्था र व्यवसायहरू उक्त एकस्पोमा सहभागी हुने अनुमान गरिएको छ।