सन् २०२२ अन्तर्राष्ट्रिय परिस्थिति तथा चीनको कूटनीति गोष्ठीलाई वाङ यीद्वारा सम्बोधन  
2022-12-26 14:56:49cri
Share with:

सन् २०२२ डिसेम्बर २५ तारिख चीनका परराष्ट्रमन्त्री वाङ यीले भिडियोमार्फत सन् २०२२ अन्तर्राष्ट्रिय परिस्थिति तथा चीनको कूटनीति गोष्ठीलाई सम्बोधन गर्नुभएको छ।

 परराष्ट्रमन्त्री वाङ यीले सन् २०२२ मा चीनले राष्ट्रनायक कूटनीतिको नेतृत्वमा चिनियाँ विशेषतायुक्त ठूलो मुलुकको कूटनीति गरी विश्व शान्ति र साझा विकासलाई बढाउन नयाँ योगदान गरेको व्यक्त गर्नुभयो।

 वाङ यीले वर्तमान जटिल स्थितिमा चीनको कूटनीति बलियो हुनुको मूल राजनीतिक ग्यारेन्टी महासचिव सी चिनफिङको नेतृत्व भएको बताउँदै उहाँले प्रत्येक महत्त्वपूर्ण अवसरमा सही रणनीतिक निर्णय र निर्देशन गर्नुभएको दोहोर्याउनुभयो।

 साथै वर्तमान जटिल स्थितिमा चीनको कूटनीति बलियो हुनुको सबैभन्दा महत्वपूर्ण सैद्धान्तिक उपलब्धि नै सी चिनफिङ कूटनीतिक विचारको सिर्जना गरी नयाँ युगको कूटनीतिलाई निर्देशन प्रदान गरेको भन्दै सबैभन्दा मूल्यवान अभ्यास अनुभव नै भएको तथा चिनियाँ विशेषतायुक्त ठूलो मुलुकको कूटनीतिक बाटो खोलेर ठूलो मुलुकको जिम्मेवारी देखाएको पनि वाङ यीले उल्लेख गर्नुभएको छ।