सन् २०२२ मा “बेल्ट एण्ड रोड” सम्बन्धी सहयोग स्थिरताका साथ प्रगति
2022-12-26 18:32:56cri
Share with:

हाल चिनियाँ व्यवसायद्वारा निर्मित नाइजेरियाको लागोसको लाइट रेलको पहिलो अवधिको परियोजना सुचारु रुपमा सम्पन्न भएको छ। यो सम्पन्न भएसँगै पश्चिमी अफ्रिकाको पहिलो इलेक्टोनिक लाइट रेल बनेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले सो परियोजनाको निर्माणले स्थानीय यातायातको दबावलाई व्यापक रुपमा खुकुलो पार्दै स्थानीय आर्थिक विकासलाई अघि बढाउने बताउनु भयो।

प्रवक्ता माओले चाल वर्ष बेल्ट एण्ड रोड सम्बन्धी सहयोग स्थिरताका साथ अघि बढेको र पाँच मुलुकले चीनसँग बेल्ट एण्ड रोड सहयोगात्मक दस्ताबेजमा हस्ताक्षर गरेको जानकारी दिनुभयो।