विभिन्न रेलबाट विश्वलाई जोडिएको
2022-12-26 14:58:45cri
Share with:

सन् २०२२ को नोभेम्बर १६ तारिख जकार्ता र बान्डुङ्गलाई जोड्ने दक्षिण-पूर्वी एशियाको पहिलो उच्च गति रेलवे अर्थात् १४२ किलोमिटरको जकार्ता-बान्डुङ्ग हाइ स्पिड रेलवेको परीक्षणात्मक संचालन गरिएको थियो। जकार्ता-बान्डुङ्ग हाइ स्पिड रेलवेका निर्माता अडीले जकार्ता-बान्डुङ्ग हाइ स्पिड रेलवे छिटो संचालनमा ल्याएर इन्डोनेशिया जनतालाई अरू फाइदा पुर्याउनसक्ने र सो रेलवे अरू बढी ठाउँ पुग्नसक्ने आशा आफूले लिएको बताउनुभएको छ।

सन् २०२१ को डिसेम्बर चीन र लाओसले मिलेर निर्माण गरेको चीन-लाओस रेलवे संचालनमा आएको थियो। एक वर्षयता ८५ लाखभन्दा बढी यात्रुले सो रेलवेबाट यातायात सुविधा पाएका छन् र रेल चढेर विदेश घुम्ने सपनालाई साकार गरेका छन्।

दक्षिण-पूर्वी एशियादेखि दक्षिण एशियासम्म, एशियादेखि अफ्रिका, युरोप, दक्षिणी अमेरिकासम्म समेत जकार्ता-बान्डुङ्ग हाइ स्पिड रेलवे, चीन-लाओस रेलवेलगायतका कार्यक्रमबाट वेल्ट एन्ड रोड इनिशिएटिभ प्रस्तुत भएदेखि विश्व सार्वजनिक उत्पादित वस्तुसम्म बनेको प्रकृया देखाइएको छ।

 विभिन्न मुलुकका अरू बढी सामग्री चिनियाँ बजारमा आएसँगै अरू बढी पूर्वाधार, आर्थिक तथा व्यापार, पर्यटन, वैज्ञानिक तथा प्राविधिक, सांस्कृतिक, चिकित्सा तथा स्वास्थ्य लगायत वेल्ट एन्ड रोड सहयोग कार्यक्रम पनि संचालनमा ल्याइएका छन् जसबाट वेल्ट एन्ड रोड वरिपरिका विभिन्न मुलुकका सर्वसाधारणलाई फाइदा पुर्याइएको छ।