सीएमजीद्वारा सन् २०२२ ग्रामीण पुनरूत्थानका शीर्ष १० समाचार प्रकाशित
2022-12-27 15:29:25cri
Share with:

डिसेम्बर २६ तारिख चाइना मिडिया ग्रुप (सीएमजी) ले सन् २०२२ ग्रामीण पुनरूत्थानका शीर्ष १० समाचार प्रकाशित गरेको छ। ती १० वटा समाचारहरू यस प्रकार छन्।

 

१, केन्द्रिय ग्रामीण कार्य बैठकमा राष्ट्राध्यक्ष सी चिनफिङले कृषि उद्योगबाट देश बलियो हुने लक्ष्यमा जोड दिनुभएको छ।

२, सीपीसी २०औँ महाधिवेशनको प्रतिवेदनमा चिनियाँ शैलीको आधुनिकिकरणमार्फत चीन राष्ट्रको महा पुनरूत्थानलाई बढाएर चीनको कृषि आधुनिकीकरण निर्माणलाई दिशा र उद्देश्य देखाउने उल्लेख गरिएको छ।

३, चीनभर प्रशस्त अनाज बाली भएबाट अन्न भण्डार विशाल छ।

४, चीनको चौधौँ पञ्च वर्षीय योजना अवधिमा कृषि र ग्रामीण आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।

५, सन् २०२२ केन्द्रिय नं १ पत्र सार्वजनिक गर्दै लगातार १९ वर्षदेखि किसान, कृषि, ग्रामीणमा केन्द्रित रहेको स्पष्ट देखाएको छ।

६, ग्रामीण पुनरूत्थान रणनीति पञ्च वर्षीय कार्यक्रम सफलताका साथ पूरा भएको छ।

७, सोयाबिन र तेलको उत्पादन क्षमता उकास्ने कार्यक्रमको पालना गरिएको छ।

८, ४० वर्षपछि चीनमा तेस्रो पटक माटो सर्वेक्षण गरिएको छ।

९, चार वटा परम्परागत कृषि प्रणाली र चिनियाँ चियालाई कृषि सम्पदा सूचिमा राखिएका छन्।

१०, चीनले कृषि क्षेत्रमा एक खेप नयाँ प्रजातिको समेत विकास गरेको छ।