इरानको आणविक बृहत सम्झौताको कार्यान्वयन पुनःसुरू हुने सम्भावना
2022-12-27 16:56:06cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले डिसेम्बर २६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा इरानको आणविक बृहत सम्झौताको कार्यन्वयन पुन शुरू गर्ने वार्ता अन्तिम चरणमा पुगेको र जस्तोसुकै अवस्था जटिल तथा गम्भीर भएता पति सहमतिको आशा बाँकी भएको बताउनुभयो।

डिसेम्बर २३ तारिख इरानका विदेशीमन्त्री अब्दुल्लायानले भन्नुभयो, युरोपेली संघ अन्तर्गत विदेश मामिला र सुरक्षा नीति विभागका उच्च प्रतिनिधि बोरेलसँगको वार्तामा इरान आणविक बृहत सम्झौताको कार्यान्वयनको पुन:शुरू गर्न अन्तिम चरणमा पुगेको तर वार्ताको झ्याल सधैँ नखुल्ने बताउनु भएको थियो।

प्रवक्ता माओ निङले सबै पक्षले वार्ताको आधारभूत उद्देश्यको पालना गर्नुपर्ने, कूटनीतिक प्रयास बढाउनुपर्ने र बृहत सम्झौता सही बाटोमा पुर्‍याउनुपर्ने कुरा व्यक्त गर्नुभयो।