चीन कानुनी माध्यमबाट आफ्नो अधिकार र हितको सुरक्षा गर्न दृढ
2022-12-27 17:11:43cri
Share with:

अमेरिकाले चीनबाट उत्पादित चिप्स लगायतका अरू उत्पादनहरूलाई  निर्यात नियन्त्रण उपायहरूबारे हाल चीनले विश्व व्यापार सङ्गठन विवाद निरुपण संयन्त्रलाई अपील गरेको छ।

चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका प्रवक्ता याङ फ्यानले डिसेम्बर २७ तारिख चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समिति र चीनको अन्तर्राष्ट्रिय वाणिज्य संगठनले चीन सरकारलाई आफ्नो वैधानिक अधिकार र हितको सुरक्षा गर्न समर्थन दिएको बताउनुभयो।

याङ फ्यानले अमेरिकाको गतिबिधि राष्ट्रिय संरक्षणको नाममा व्यापारलाई सुरक्षा गरेको कुरा बताउनुभयो। डब्लुटीओ सिद्धान्त अनुसार यो गतिबिधिले गैर-भेदभाव र मात्रात्मक प्रतिबन्धको निषेध गर्ने नियमलाई उल्लङ्घन गरेको साथै जसबाट विश्वव्यापी औद्योगिक शृङ्खला र आपूर्ति शृङ्खलाको सुरक्षा र स्थिरतालाई गम्भीररूपमा प्रभाव पारेको पनि उहाँले व्यक्त गर्नुभयो।