चीन र विदेशका व्यक्तिहरु बीचको आवत-जावत अरु सुविधाजनक
2022-12-27 18:23:22cri
Share with:

डिसेम्बर २७ तारखि आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले कोरोना महामारी देखा परेको तीन वर्षयता चीन सरकारले महामारीको प्रतिरोध र आर्थिक तथा सामाजिक विकासलाई प्रभावकारी रुपमा व्यवस्थापन गरी बैज्ञानिक रुपमा महामारीको प्रतिरोध तथा नियन्त्रण सम्बन्धी कदमलाई निरन्तर रुपमा सुधार गरेको जानकारी दिनुभयो।

प्रवक्ता वाङका अनुसार, सबैभन्दा पछिल्लो कदम बमोजिम राज्य परिषदको संयुक्त प्रतिरोध तथा नियन्त्रण व्यवस्थापन निकायले चीन र विदेशका व्यक्तिहरु बीचको आवत-जावत सम्बन्धी अस्थायी कदम चालेको छ चीन र विदेशका व्यक्तिहरु बीचको आवत-जावत अरु सुविधाजनक, सुरक्षित, व्यवस्थित र प्रभावकारी रहेको छ।