हाम्रो संसारमा भोक छैन
2022-12-28 15:16:05cri
Share with:

संसारमा के भएको छ?

सन् २०२२ को नोभेम्बरमा विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। तर, ८ अर्ब मानिसमध्ये सबैलाई खान पुग्दैन। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वमा खाद्यान्नको चरम अभावमा परेका मानिसको सङ्ख्या दुई वर्षअघिको १३ करोड ५० लाखबाट हाल ८२ देशहरूमा गरी करिब ३४ करोड ५० लाख पुगेका छन्। सन् २०२२ मा सुरु भएको रुस-युक्रेन द्वन्द्व, अमेरिका र पश्चिमा मुलुकले रुसमाथि लगाएको चरम प्रतिबन्धले विश्वव्यापी खाद्य उद्योग र आपूर्ति शृङ्खलालाई थप प्रभाव पारेको छ। भोकमरी मानिसको जीवन र मृत्युको प्रमुख समस्या बन्दैगएको छ।

हामीले के गर्नुपर्छ?

चीनको सत्तारुढ पार्टी-चिनियाँ कम्युनिष्ट पार्टीले जनताको खाद्य समस्या समाधानलाई सधैँ उच्च प्राथमिकतामा राखेको छ। धेरै पुस्ताको कडा परिश्रमपछि चीनले विश्वको जनसंख्याको लगभग पाँच भागको एक भागलाई खुवाउन विश्वको कृषि योग्य भूमिको ९% भन्दा कम भूमिको प्रयोग लक्ष्य हासिल गरेको छ र विश्वको सबैभन्दा ठूलो अन्न उत्पादक र तेस्रो ठूलो अन्न निर्यातकर्ता मुलुक बनेको छ।

चीनले यो कसरी गरेको छ? धेरै कारणहरू छन्, सबैभन्दा महत्वपूर्ण बिन्दु यो हो कि चिनियाँ सरकारले उच्च उत्पादन हुने अन्नबाली प्रजातिहरूको खेतीलाई ठूलो महत्व दिएको छ, जसमध्ये चीनको सबैभन्दा प्रतिनिधित्व गर्ने भनेको हाइब्रिड धान हो। सन् १९७३ मा युआन लोङ फिङको नेतृत्वमा चिनियाँ कृषि वैज्ञानिक अनुसन्धानकर्मीहरूले हाइब्रिड धानको प्राविधिक कठिनाइहरू सफलतापूर्वक समाधान गरी चीनको धान उत्पादनलाई दोब्बर पुर्याएका थिए। योसँगै चीनले आफ्नो कृषि प्रविधिलाई विश्वका अन्य देशहरूसँग पनि सक्रिय रूपमा साझेदारी गर्दैआएको छ ताकि धेरै देशहरूलाई उनीहरूको खाद्य समस्या समाधान गर्न मद्दत गर्न सकियोस्।

त्यति मात्र होइन, चीनले विश्वव्यापी खाद्य सुरक्षा समस्याको चिनियाँ समाधान पनि प्रस्ताव गरेको छ। सन् २०२१मा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले विश्वव्यापी विकासको पहल अघि बढाउनुभयो र खाद्य सुरक्षालाई सहयोगका आठ प्रमुख क्षेत्रहरूमध्ये एक बनाउनुभएको थियो र अन्तर्राष्ट्रिय विकास सहयोगमा नयाँ प्रेरणा दिनुभएको थियो।

वर्तमान विश्व खाद्य समस्या समाधान गर्नका लागि सन् २०२२ को जुलाईमा चीनले अन्तर्राष्ट्रिय खाद्य सुरक्षा सहयोग पहल प्रस्ताव गरेको थियो। चीनको अन्तर्राष्ट्रिय खाद्य सुरक्षा सहयोग पहललाई धेरै देशहरूले मान्यता दिएका छन् र अझै सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।