नयाँ युगमा चीनको एक विशिष्ट विशेषता सुधार राजनीतिलाई गहन बनाइने
2022-12-28 16:17:35cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनदेखि महासचिव सी चिनफिङको नेतृत्वमा पार्टीको केन्द्रीय समितिले अभूतपूर्व दृढता र शक्तिका साथ चीनका धेरै क्षेत्रमा ऐतिहासिक परिवर्तन, प्रणालीको पुननिर्माण र सम्पूर्ण सुधार कार्यलाई प्रवर्द्धन गरेको साथै नयाँ परिस्थिति खोलेको छ। सुधार र खुलापन राजनितिलाई गहिरो गर्दैआएको दृष्य नयाँ युगमा चीनको विशिष्ट विशेषता मानिन्छ।

सन् २०१३ मा चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकदेखि चीनले पार्टी र राज्य संस्था, न्यायिक प्रणाली र आर्थिक प्रणाली, संस्कृति, शिक्षा, चिकित्सा सेवासमेतका जम्मा दुई हजारभन्दा बढी सुधार प्रस्तावहरू प्रस्तुत गरेको छ। हाल सो सुधार कार्यको लक्ष्य निर्धारित समयमै सम्पन्न भएको छ। स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको संख्या २१ थप बन्नेको छ र सम्पूर्ण हाइनान टापु एक स्वतन्त्र व्यापार बन्दरगाह बन्नेको छ।