हजारौँ सभ्य र स्वस्थ वातावरणबाट महामारीको प्रतिरोध सम्बन्धी ठूलो रेखाको निर्माण
2022-12-28 17:08:50cri
Share with:

देशप्रेमी स्वास्थ्य आन्दोलन चलेको ७० औँ वार्षिकोत्सवका उपलक्ष्यमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले महत्त्वपूर्ण निर्देशन दिँदै “हजारौं सभ्य र स्वस्थ वातावरणबाट महामारीको प्रतिरोध सम्बन्धी ठूलो रेखाको निर्माण गर्नुपर्ने र सर्वसाधारणको सुरक्षा र स्वास्थ्यलाई प्रत्याभूति दिनुपर्ने”कुरामा जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीको महत्त्वपूर्ण निर्देशनले विगत ७० वर्षयता देशप्रेमी स्वास्थ्य आन्दोलनमा हासिल भएको महत्त्वपूर्ण उपलब्धि पूर्ण रुपमा स्वीकार्नुका साथै देशप्रेमी स्वास्थ्य आन्दोलनको रणनीतिक स्थान र भूमिकाबारे गहन रुपमा प्रकाश पारेको छ। वर्तमान कोरोना महामारी स्थितिको सामना गर्न र स्वस्थ चीनको निर्माण गर्न त्यसको महत्त्वपूर्ण र गहन अर्थ रहेको छ।