सी ९१९ को प्रमाणीकरण उडान सुरू
2022-12-29 15:49:31cri
Share with:

डिसेम्बर ९ तारिख विश्वको पहिलो सी ९१९ विमान चाइना इस्टर्न एयरलाइन्सलाई प्रदान गरिएको थियो। त्यसपछि, डिसेम्बर २६ तारिख दिउँसो पहिलो प्रमाणीकरण उडान शाङहाई होङछ्याउ अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिएको थियो। हाल उक्त विमान पैचिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ भने जम्मा गरी १०० घण्टाको प्रमाणीकरण उडान सुरू भएको छ।

सोहि दिनको प्रमाणीकरण उडानले पूर्ण उडानको प्रकृयाको सिमुलेशन गरेको छ। उडानमा चालक दल र कर्मचारी सदस्य मात्रै छन्, यात्रु बोकेको छैन।जनाएअनुसार, सन् २०२३ को फेब्रुअरीको मध्यसम्म १०० घण्टाको प्रमाणीकरण उडान चल्ने छ र ९ वटा प्रान्त र शहरका १० वटा विमानस्थल पुग्ने छ।

प्रमाणीकरण उडान सकिएपछि चीनको नागरिक उड्ड्यन प्रशासनले प्रमाणीकरण परिणामको निश्चित र निरीक्षण गर्ने छ र सी ९१९ उडान गर्ने चाइना इस्टर्न एयरलाइन्सको क्षमताको प्रमाणीकरण गरेपछि सम्बद्ध संचालन अनुमतिपत्र जारी गर्ने छ। चाइना इस्टर्न एयरलाइन्सले सन् २०२३ वसन्त चाडको अवधिमा औपचारिक रूपमा सी ९१९ लाई वाणिज्य यात्रुवाहक विमानको रूपमा संचालनमा ल्याउने प्रयास गरेको छ।