चीनद्वारा चीन-ब्राजिल सम्बन्धमा उच्च महत्त्व
2022-12-29 17:35:56cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले डिसेम्बर २९ तारिख नियमित पत्रकार सम्मेलनमा ब्राजिल सरकारको निमन्त्रणामा राष्ट्राध्यक्ष सी चिनफिङका विशेष प्रतिनिधि एवम् उपराष्ट्राध्यक्ष वाङ छी शानले एक प्रतिनिधिमण्डलको नेतृत्व गर्ने ब्राजिलमा राष्ट्रपति लुलाको शपथ ग्रहण समारोहमा सहभागी हुने बताउनुभयो।

उहाँले भन्नुभयो, "चीन र ब्राजिल मुख्य विकासोन्मुख देशहरू र नयाँ बजारका महत्त्वपूर्ण देशहरू हुन्। साथै दुवै मुलुक सम्पूर्ण रणनीतिक साझेदारी पनि हुन्। गएको ४८ वर्षदेखि कूटनीतिक सम्बन्ध स्थापित गरेर चीन-ब्राजिल सम्बन्ध स्वस्थ र स्थिररूपमा विकास भएको छ र विभिन्न क्षेत्रको व्यावहारिक सहकार्यको उल्लेखीय उपलब्धि हासिल भएको छ। यो भ्रमणले चीन-ब्राजिल सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई उच्च स्तरमा प्रभावकारीरूपमा प्रवर्द्धन गर्न सक्ने, दुई देश तथा जनतालाई धेरै भन्दा धेरै हित ल्याउनसक्ने र क्षेत्रीय तथा विश्वको शान्ति र स्थायित्वका साथै साझा समृद्धिको प्रवर्द्धनमा उचित योगदान दिन सक्ने विश्वास लिएको छु।"