अमेरिकाले सदिच्छा र सद्भावपूर्ण गतिबिधि देखाउनुपर्ने चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयको भनाइ
2022-12-29 17:35:01cri
Share with:

चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयको प्रेस विभागका उप-प्रमुख, चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता थान ख फैले चीनले चिनियाँ र अमेरिकी सेना बीचको सम्बन्धको विकासलाई महत्त्व दिएको, तैपनि अमेरिकाले निरन्तर रुपमा चीनको हितलाई विथोल्दै आएको हुनाले चीनले दुई मुलुकका सेना बीचको तीनवटा आदान-प्रदान कार्यक्रम रद्द गरेको जानकारी दिनुभएको छ। अमेरिकाले चीनसँग सक्रिय र रचनात्मक संवाद र आदान-प्रदान गर्न खोज्ने हो भने सदिच्छा र सद्भावपूर्ण गतिबिधि देखाएर चीनको केन्द्रीय हितको वास्तविक रुपमा सम्मान गरी दुई सेना बीचको सम्बन्ध ठीक बाटोमा फर्काउनका लागि उपयोगी वातावरण तयार गर्नुपर्ने पनि उहाँले औँल्याउनुभयो।

चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयद्वारा डिसेम्बर २९ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता थान ख फैले उक्त कुरा बताउनुभएको हो।