चाइना मिडिया ग्रुपद्वारा सन् २०२२ शीर्ष १० घरेलु र अन्तर्राष्ट्रिय समाचार प्रकाशित
2022-12-30 17:00:21cri
Share with:

चाइना मिडिया ग्रुप (सीएमजी) ले सन् २०२२ को शीर्ष १० घरेलु र अन्तर्राष्ट्रिय समाचार प्रकाशित गरेको छ। सन् २०२२ को शीर्ष दस घरेलु समाचारहरु यस प्रकारका छन्।

 1、चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ र चौतर्फी रूपमा आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रामा ठोस कदम चालिएको छ। सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिवमा पुनः निर्वाचित भएका छन्।

 2、सन् २०२२ मा चीनको कुल ग्राहस्थ उत्पादन १२० ट्रिलियन युआनभन्दा बढी हुने अपेक्षा गरिएको छ। चिनियाँ अर्थतन्त्रले विश्व अर्थतन्त्रको पुनरुत्थानको लागि बलियो गति प्रदान गरिरहेको छ।

 3、रोकथाम र नियन्त्रण नीतिहरूलाई निरन्तर सुधार गर्दै चीनले महामारी रोकथाम र नियन्त्रण तथा आर्थिक र सामाजिक विकासको समन्वय गरेको छ।

 4、सन् २०२२ मा चीनको अन्न उत्पादन कीर्तिमानी उचाइमा पुगेको छ।

 5、मातृभूमिमा हङकङ फिर्ताको २५औँ वार्षिकोत्सव हो।

 6、कमरेड च्याङ च मिनको ९६ वर्षको उमेरमा निधन भएको छ।

 7、चीनको अन्तरिक्ष स्टेशनमा पूर्ण रुपमा सम्पन्न चीनको मानवयुक्त अन्तरिक्ष उडानले"तीन चरण"  पूरा गरेको छ।

 8、सन् २०२२ पैचिङ शीतकालीन ओलम्पिक खेलकुद र पाराओलम्पिक खेलकुद सफलतापूर्वक सम्पन्न भएको छ, चिनियाँ प्रतिनिधिमण्डलले इतिहासमा उत्कृष्ट रेकर्ड हासिल गरेको छ।

 9、पाइहथान जलविद्युत केन्द्र पूर्ण रुपमा सञ्चालनमा आएको छ र विश्वको सबैभन्दा ठूलो स्वच्छ ऊर्जा करिडोर पूर्ण रुपमा सम्पन्न भएको छ।

 10、पेलोसीको थाइवान भ्रमण, चिनियाँ जनमुक्ति सेनाले यसको प्रतिकार गर्न संयुक्त सैन्य अभियानको आयोजना गरेको छ।

 

यसै गरी, सन् २०२२ को शीर्ष दस अन्तर्राष्ट्रिय समाचारहरु यस प्रकारका छन्।

 1、   चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनले विश्वको ध्यानाकर्षण गरेको छ। अन्तर्राष्ट्रिय समुदायले चिनियाँ शैलीको आधुनिकीकरणको उच्च प्रशंसा गर्दै मानव विकासमा चिनियाँ बुद्धिले योगदान पुर्‍याउने बताइएको छ।

 2、   चीनको राज्य प्रमुखको कूटनीतिले प्रमुख देशको आचरण देखाएको छ, र विश्वव्यापी शासन "एसियाली क्षण" मा प्रवेश गरेको छ।

 3、   अमेरिका र पश्चिमा मुलुकका अनुसार रुसको ‘चरम नियन्त्रण’ ले रुस र युक्रेन बीचको द्वन्द्वलाई सुरु गरेको छ, भूराजनीतिक र आर्थिक संरचनाले गहिरो परिवर्तन पार गरेको छ।

 4、   विश्वव्यापी नयाँ कोरोना भाइरस महामारी जारी छ। साथै धेरै देशहरूमा मङ्कीपक्स महामारी पनि देखिएको छ।

 5、   अमेरिकी संघीय रिजर्व प्रणालीको आक्रामक वृद्धि दरले विश्वव्यापी वित्तीय प्रणालीलाई असर गरेको छ।

 6、   बेलायतमा राजनीतिक उथलपुथल जारी छ, एक वर्षमा दुई प्रधानमन्त्री फेरिएका छन्।

 7、   “खुन मिन-मोन्ट्रियल विश्वव्यापी जैविक विविधता फ्रेमवर्क” सम्पन्न भयो।

 8、   शीतकालीन ओलम्पिक खेलकुद र पाराओलम्पिक खेलकुद चीनमा सफलतापूर्वक सम्पन्न भएको छ।

 9、   एसिया प्रशान्त क्षेत्रमा आर्थिक एकीकरणलाई गति दिन क्षेत्रीय बृहत् आर्थिक साझेदारी लागू गरिएको छ।

10、  संसारको जनसंख्या आठ बिलियन पुगेको छ।