राष्ट्राध्यक्ष सी चिनफिङका हरेक नयाँ वर्षका शुभकामनामा जनतालाई प्राथमिकता
2022-12-30 16:42:50cri
Share with:

सन् २०१४ देखि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले लगातार नौ वर्षसम्म नयाँ वर्षको शुभकामना सन्देश दिनुभएको छ। सन् २०१४ को नयाँ वर्षको सन्देशमा राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो, "हामीले सुधार गर्ने उद्देश्य भनेको देशलाई अझ समृद्ध र बलियो बनाउने, समाजलाई अझ निष्पक्ष र न्यायपूर्ण बनाउने र जनताको जीवनलाई झन् राम्रो बनाउने हो।"

गएको ८ वर्षदेखि चीनमा ग्रामीण क्षेत्रका लगभग १० करोड गरीब मानिस गरिबीबाट मुक्त भएका छन्। सम्पूर्ण समृद्ध समाज निर्माण गर्ने ऐतिहासिक उपलब्धि हासिल भएको छ। चीनले संसारको सबैभन्दा ठूलो शिक्षा प्रणाली, सामाजिक सुरक्षा प्रणाली र चिकित्सा तथा स्वास्थ्य प्रणालीको निर्माण गरेको छ। सन् २०२१ मा चिनियाँ जनताको औसत बार्षिक आम्दानी ३५ हजार चिनियाँ युआन पुगेको र सो संख्या सन् २०१२ को तुलनामा लगभग ८० प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि गति राष्ट्रिय आर्थिक वृद्धि गतिभन्दा तीब्र छ।