अमेरिकाद्वारा सिनच्याङका प्राविधिक कम्पनीहरूलाई प्रतिबन्ध
2022-12-31 18:40:53cri
Share with:

अमेरिकी वाणिज्य मन्त्रालयले चीनको सिनच्याङसँग सम्बन्धित प्राविधिक कम्पनीहरूलाई तथाकथित "इकाइ सूची"मा थपेको छ। सिनच्याङ उइगुर स्वायत्त प्रदेश सरकारका प्रवक्ता स्यु गुइ स्याङले डिसेम्बर ३० तारिख अमेरिकाद्वारा सिन च्याङको सूचना विकासमा सहभागी भएका चिनियाँ प्राविधिक कम्पनीहरूलाई प्रतिबन्ध लगाएको कार्य स्पष्ट रुपमा "दोहोरो मापदण्ड" भएको बताउनुभयो। अमेरिकाको उद्देश्य चिनियाँ कम्पनीहरूलाई दबाउने, सिनच्याङको सूचना उद्योगको विकासलाई बाधा पुर्‍याउने र सिनच्याङको सामाजिक स्थिरतालाई कमजोर बनाउने हो। हामी यसको दृढताका साथ विरोध गर्छौं! उहाँले आह्वान गर्नुभयो।

विदेशी मिडियाका अनुसार, अमेरिकी वाणिज्य मन्त्रालयले डिसेम्बर १५ तारिख ३६ वटा चिनियाँ प्राविधिक कम्पनीहरूलाई तथाकथित "इकाइ सूची"मा समावेश गरेको थियो।

स्यु गुइ स्याङका अनुसार अमेरिकाले लगानी,  अनुसन्धान र विकास पार्दैआएको स्मार्ट सुरक्षा, ठूलो डाटा र सूचना प्रविधिहरू विश्वको नेतृत्वमा भएको छ। त्यसोभए के यी उत्पादनहरू पनि अमेरिकी जनताको निगरानी गर्न डिजाइन गरिएको हो भन्दै उहाँले प्रश्न गर्नुभयो।