नवौं सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सव औपचारिक रूपमा सुरु
2022-12-31 18:38:30cri
Share with:


डिसेम्बर ३० तारिख चाइना मिडिया ग्रुप, पल्लो शान्षी प्रान्तीय सरकार र फु चियान प्रान्तीय सरकारको सह-आयोजित नवौं सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको विशेष कार्यक्रम चीन पश्चिमी क्षेत्रीय चलचित्र सप्ताह औपचारिक रूपमा सुरू भएको छ।

चीनका प्रसिद्ध पोस्टर डिजाइनर हुआंग हाईले दशभन्दा बढी क्लासिक पश्चिमी चलचित्रहरूका लागि नयाँ पोस्टरहरू सिर्जना गर्नुभयो। पश्चिमी क्षेत्रीय चलचित्र ग्रुप पहिले सिआन चलचित्र स्टुडियो भनेर चिनिन्थ्यो र चीनको उत्तर-पश्चिमी भागका पहिलो चलचित्र उत्पादन संस्था थियो।