चीनद्वारा विश्वलाई नयाँ वर्षको बहुमूल्य उपहार
2023-01-01 16:43:57cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ सन् २०२३ का अवसरमा शुभकामना सन्देश दिँदै हाल चीन र विश्वसँग घनिष्टरूपमा जोडिएको र भविष्य अझ राम्रो रहँदै शान्तिपूर्ण र सुखको कामना गर्नु भएको छ। यो चीनको नयाँ वर्षको शुभकामना हो र यो विश्वलाई नयाँ वर्षको बहुमूल्य उपहार पनि हो। विश्व राम्रो भए मात्रै चीन राम्रो हुन सक्छ, चीन असल भए विश्व राम्रो हुनेछ। यो चिनियाँ सत्तारूढ दलको सरल तर गहन विश्वदृष्टिकोण हो।

गत वर्ष चीनले पैचिङमा शीतकालीन ओलम्पिक र शीतकालीन पाराओलम्पिकको सफलताका साथ आयोजना गरेको थियो।

गत वर्ष चीनले आफूलाई विश्वको दोस्रो सबभन्दा ठूलो आर्थिक समूहको स्थानमा राखेको थियो। वार्षिक जीडीपी १२०० खर्ब चिनियाँ युआनभन्दा बढी हुने अपेक्षा गरिएको छ। सन् २०२२ मा विश्वको अर्थतन्त्र मन्दीमा पर्दा चीनको आर्थिक विकासको शक्ति बलियो र ठूलो सम्भावना देखाउँछ। दीर्घकालीन सुधार अवस्था अपरिवर्तित हुनेछ। यो विश्व आर्थिक वृद्धिको सबैभन्दा शक्तिशाली इन्जिन बनेको छ। विगतका वर्षमा क्षेत्रीय बृहत् आर्थिक साझेदारी सम्झौताले उल्लेखनीय नतिजा हासिल गरेको छ। गत वर्ष सन् २०२२ को पहिलो ११ महिनाभित्र आरसीइपीको १४ वटा सदस्य देशहरूका लागि चीनको आयात र निर्यात वार्षिक मात्रा ७.९ प्रतिशतले बृद्धि भएको छ।