राष्ट्राध्यक्ष सी चिन फिङद्वारा संघीय स्विजरल्याण्डका नव नियुक्ति अध्यक्ष बेर्सेटलाई बधाई
2023-01-01 18:24:42cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले जनवरी १ तारिख संघीय स्विजरल्याण्डका नव नियुक्ति अध्यक्ष अलाइन बेर्सेटलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले “समानता, आविष्कार र साझा जित” भावनाको निर्देशनमा चीन-स्विजरल्याण्ड सम्बन्धमा राम्रो विकासको प्रवृति कायम भएको, दुवै पक्ष बीचको राजनीतिक विश्वास दिन प्रतिदिन बढ्दै आएको र विभिन्न क्षेत्रमा रहेको व्यावहारिक सहयोग निरन्तर रुपमा गहन हुँदै आएको उल्लेख गर्नुभयो। चीन-स्विजरल्याण्ड सम्बन्धको विकासलाई उच्च महत्त्व दिँदै अध्यक्ष बेर्सेटसँगै मिलेर चीन-स्विजरल्याण्ड सिर्जनात्मक रणनीतिक साझेदारी सम्बन्धको विकासलाई अघि बढाउन र दुई देश तथा दुई देशका जनताका लागि हित कल्याण ल्याउन आफू इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ।