चाइना मिडिया ग्रुपका निर्देशकद्वारा विदेशी श्रोता र दर्शकहरुलाई नव वर्ष २०२३ को शुभकामना
2023-01-01 15:40:13cri
Share with:

सन् २०२३ को जनवरी १ तारिख चाइना मिडिया ग्रुपका निर्देशक शन हाई श्योङले सीजीटिएन, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र इन्टरनेटबाट विदेशी श्रोता र दर्शकहरुलाई नव वर्षको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँको शुभकामना यसप्रकार छ,

आदरणीय साथीहरु,

हिउँद ऋतुमा रहेको न्यानो घाममा बसेर हामीले राम्रो अपेक्षामा रहेको २०२३ को स्वागत गरेका छौँ। म पैचिङमा तपाईंहरुलाई अभिवादन व्यक्त गर्छु।

भर्खरै बितेकोसन् २०२२ मा चिनियाँ कम्युनिष्टको २०औं महाधिवेशन सफलताका साथ सम्पन्न भएको छ। सो महाधिवेशनमा चिनियाँ शैलीको आधुनिकीकरणमार्फत चीन राष्ट्रको महान पुन:उत्थानलाई अघि बढाउने जिम्मेवारी र त्यसलाई साकार तुल्याउने तरिकाबारे स्पष्ट पारिएको छ। नयाँ युगमा सहभागी भएर साक्षी बनेर रेकड गरेको रुपमा चाइना मिडिया ग्रुपले विश्वलाई धुमधामसँग उक्त महाधिवेशनको विशेष भव्य घटनाको प्रदर्शन गर्नुका साथै “मार्ग निर्देशक” ,“बितेका दश वर्षमा भएको घटनाको रुपान्तर” लगायत अनेकन उत्कृष्ट रचना बनाएर नयाँ युगमा बितेका दश वर्षमा चीनमा भएका रोचक कथाहरु सुनाएको छ। जसले स्वदेश र विदेशका श्रोता र दर्शकहरुको व्यापक प्रशंसा पाएको छ।

विगत एक वर्षमा हामीले “विचारधार जोड कला जोड प्रविधि”को एकीकृत आविष्कार गर्दै “सबै भिडियो कार्यक्रम उत्कृष्ठलाई बनाउने” उद्देश्य लिएर अथक प्रयास गरेका छौँ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद सम्बन्धी रिपोर्टमा चाइना मिडिया ग्रुपले उच्च प्रविधि रहेको “चिनियाँ शैलीको रोमान्च”बाट ओलम्पिक भावना र चिनियाँ संस्कृतिसँग राम्रोसँग जोडेर प्रविधिको किरणबाट हिउँदे ओलम्पिक खेलकुदको बरफ र हिउँलाई उज्यालो पारेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाहले चाइना मिडिया ग्रुपको रिपोर्ट र प्रसारण इतिहासमा सबैभन्दा ठूलो पैमाना र सबैभन्दा सफल रहेको उच्च मूल्याङ्कन गर्नुभयो। चाइना मिडिया ग्रुपले बनाएका “प्राचीन कालको ग्रन्थमा भएको चीन” “कविता र चित्रमा भएको चीन”लगायत उत्कृष्ट कार्यक्रमहरु चिनियाँ सभ्यताको निरन्तरताबारे कलात्मक रुपमा व्याख्या गर्नुका साथै मानव जातिको सभ्यता संयुक्त रुपमा आकर्षित हुनका लागि प्रयास गरेका हुन्। वसन्त चाडको सांगितिक गाला, मध्य-शरद पर्वको सांगितिक गाला र नव वर्षको सांगितिक गाला विदेशमा चिनियाँ संस्कृतिप्रति उत्साह भएको छ। “चिनियाँ फोटो महोत्सव”, “चीन-ल्याटिन अमेरिका माया”, “चीन-अफ्रिका माया” लगायत शृङ्खलाबद्ध प्रदर्शनहरुले फोटो तथा भिडियोमार्फत आपसी सभ्यता सिक्ने र विभिन्न देशका जनता बीच आदान-प्रदान गर्ने पुलको निर्माण गरेका छन्।

विगत एक वर्षमा हामीले विश्वको पहिलो सञ्चार माध्यम आविश्कार मञ्च, चीन-अर्जेन्टिना मानवीय आदान-प्रदान विषयक उच्च मञ्च, चिनियाँ-अरबेली सञ्चार माध्यमहरु सहयोग मञ्च लगायत विविध मञ्च तथा कार्यक्रमहरुको आयोजना गरेका छौँ। हामीले “साझेदारी सञ्चार माध्यम” को क्षेत्रीय सहयोगात्मक व्यवस्थालाई निरन्तर रुपमा गहन पार्दै अन्तर्राष्ट्रि सञ्चार माध्यमहरुसँगको आदान-प्रदान तथा अन्तर्क्रिया गरेको क्रममा हामी बीचको मित्रता अझ प्रगाढ भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनपछि हामीले “नयाँ यात्रामा रहेका चीन र विश्व” शीर्षकमा विदेशी सञ्चार माध्यमसँग आयोजना गरेका ५८ वटा कार्यक्रममार्फत विभिन्न देशका साथीहरुसँग चिनियाँ शैलीको आधुनिकीकरणको वर्तमान मूल्य तथा अन्तर्राष्ट्रिय अर्थबारे विचार-विमर्श गरी २००० भन्दा बढी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको प्रतिक्रिया तथा प्रसारण प्राप्त गरेका छौँ। 

इतिहासबाट प्रमाणित उचित पक्षमा र मानव जातिको प्रगति भएको पक्षमा चीनले दृढताकासा उभिएर मानव जातिको शान्ति तथा विकास कार्यका लागि चिनियाँ बुद्धि तथा चिनियाँ प्रस्ताव प्रदान गरेको कुरामा राष्ट्राध्यक्ष सी चिन फिङले धेरै पटक जोड दिनुभयो। प्रसारणको दक्षता अन्तर्राष्ट्रिय सञ्चार माध्यमको महत्त्वपूर्ण सूचि हो भने सत्यता सम्पूर्ण सञ्चार माध्यमहरुको प्राणी हो। विगत एक वर्षमा हामीले विश्वमा समाचार संकलन गर्ने सञ्जालमा सुधार गर्दै विश्वको चर्चित समाचारको रिपोर्ट गर्ने दक्षतालाई सबल पारेका छौँ। चाइना मिडिया ग्रुपको प्रसारित भाषा ४४ बाट बढेर ६८ मा पुगेर विश्वका २३३ मुलुक तथा क्षेत्रमा ढाकेको छ। रुस र युक्रेन बीचको युद्ध र विश्व महामारी स्थिति लगायत रिपोर्टमा हामीले पूर्वाग्रह पन्छाएर वास्तविकता बमोजिम अन्तर्राष्ट्रिय समाजलाई निष्पक्ष तथा न्यायपूर्ण भएको चिनियाँ अडान र चिनियाँ प्रस्तावको प्रसारण गरेका छौँ।

नयाँ वर्षमा हामीले निरन्तर रुपमा साहस लिएर प्रयास गर्दै अन्तर्राष्ट्रिय समाजलाई विविध दृष्टिकोणबाट नयाँ युगमा चीनको नयाँ छविको प्रदर्शन गर्ने छौँ। नयाँ वर्ष “बेल्ट एण्ड रोड”प्रस्ताव प्रस्तुत भएको १०औँ वार्षिकोत्सव पनि हो। हामीले निरन्तर रुपमा सञ्चार माध्यमको रुपमा साथी बनाएर सभ्यताको आदान-प्रदानलाई अघि बढाउँदै सम्पूर्ण मानव जातिको साझा मूल्य, मानव जातिको साझा भाग्य समूदायको निर्माणका लागि सञ्चार माध्यमको जिम्मेवारी वहन गर्ने छौँ।

बसन्त ऋतु नजिकिँदै आएको सिलसिलामा तपाईंहरुलाई फेरि नव वर्षको शुभकामना र सुस्वास्थ्य तथा सुखमय जीवन रहोस् भन्ने शुभकामना व्यक्त गर्छु। धन्यवाद।