सीको शुभकामना सन्देशबाट चीनको उत्तरदायीत्व र चिनियाँ बुद्धि अभिव्यक्त
2023-01-01 16:41:15cri
Share with:

धेरै मुलुकका व्यक्तिहरुले चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको नयाँवर्षको शुभकामना सन्देशबाट ठूलो मुलुकका रुपमा चीनको उत्तरदायित्व र चिनियाँ बुद्धि अभिव्यक्त गरिएको विचार व्यक्त गरेका छन्।

पाकिस्तानको राष्ट्रिय विज्ञान तथा प्रविधि विश्वविद्यालयको चीन अध्ययन केन्द्रका पूर्व प्रमुख जमिर आवानले राष्ट्राध्यक्ष सी चिन फिङको शुभकामना सन्देशमा विश्व अर्थतन्त्र, विश्व शान्ति तथा विश्व समृद्धिका लागि चीनले योगदान पुर्‍‍याउँदै आएको भन्दै प्रशंसा गर्नुभयो।

जाम्बियाको चीन मैत्री संघका सचिव फ्रेडलिक मुथसाले राष्ट्राध्यक्ष सीको नव वर्षको शुभकामना सन्देशले चिनियाँ जनतालाई मात्र नभई विश्व विशेष गरी अफ्रिकी जनतालाई पनि आशा ल्याएको बताउनुभयो।