वाङ छिशानद्वारा स्विस परिसंघका उपाध्यक्षलाई बधाई
2023-01-01 18:26:05cri
Share with:

जनवरी १ तारिख चीनका उपाराष्ट्राध्यक्ष वाङ छिशानले स्विस परिसंघका उपाध्यक्ष अल्महार्टलाई बधाई सन्देश पठाउँदै स्विस महासंघको उपाध्यक्षमा नियुक्त भएकोमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ।

वाङ छिशानले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षयता चीन र स्विडेनले सधैँ आपसी सम्मान, समान व्यवहार र साझा बिजयको सहयोगको अवधारणामा दुईपक्षीय सम्बन्ध विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति र व्यावहारिक सहकार्य गरेको बताउनुभयो। उपाध्यक्ष अल्महार्टसँग मिलेर सहकार्यलाई सुदृढ पारेर चीन-स्विस नवीन रणनीतिक साझेदारी सम्बन्धको विकासलाई प्रवर्द्धन गर्न संयुक्तरूपमा प्रयास गर्न आफू इच्छुक रहेको आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ।