सन् २०२२ मा चिनियाँ रेलबाट ढुवानी गरिएको सामानको मात्रा ३.९ अर्ब टन
2023-01-03 15:15:10CRI
Share with:

चिनियाँ राष्ट्रिय रेल ग्रुपबाट प्राप्त जानकारीअनुसार, सन् २०२२ मा चिनियाँ रेलबाट प्रदान गरिएको सामान ढुवानी मात्रा ३.९अर्ब टन पुगेको छ। यो सन् २०२१ को तुलनामा ४.७ प्रतिशतले बढी हो। महामारीको रोकथाम तथा नियन्त्रण र यात्रुवाहक यातायातको प्रभावकारी सेवा मिलाउनुका साथै सन् २०२२ मा चिनियाँ रेलले पटक-पटक परी १ अर्ब ६१ करोड यात्रुको ओसारपसार गरेको छ। 

सन् २०२२ मा चीन-यूरोप रेल सेवाले १६ हजार पटक रेल सञ्चालन गरेर १६ अर्ब बाकस सामान ढुवानी गरेको छ। यो रकम सन् २०२१ को तुलनामा छुट्टा-छुट्टै रूपमा ९ प्रतिशत र १० प्रतिशतले वृद्धि भएको छ। 

सन् २०२३ मा चिनियाँ रेलले २ अर्ब ६७ करोड यात्रु ओसारपसार गर्दा ६७.६ प्रतिशत पुग्ने र ३ अर्ब ९७ करोड टन सामान ढुवानी गर्दा १.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।