चीनको महामारी नियन्त्रणको मुख्य विषय संक्रमणको प्रतिरोधबाट स्वास्थ्यको संरक्षण र गम्भीर लक्षणको प्रतिरोधमा फेरिने
2023-01-03 16:53:48cri
Share with:

चीनको राज्य परिषदको संयुक्त रक्षा र नियन्त्रण संयन्त्रले जनवरी ३ तारिख दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो अवसरमा राष्ट्रिय स्वास्थ्य समितिका प्रवक्ता मी फङले महामारी फैलिएयता विभिन्न तहका चिकित्सा अभ्यासमा चीनले चिनियाँ र पश्चिमी चिकित्सा, चिनियाँ र पश्चिमी औषधि मिलेर उपचार गर्नेमा अडिग रहिरहेको छ। साथै चिनियाँ चिकित्सा र औषधिको श्रेष्ठता लिएर उपचार दरलाई बढाउन, गम्भीरता दर र मृत्युदरलाई घटाउन, चाँडो निको हुन प्रबर्द्धन गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार, हाल चीनको महामारी नियन्त्रणको मुख्य विषय संक्रमणको प्रतिरोधबाट स्वास्थ्यको संरक्षण र गम्भीर लक्ष्यणको प्रतिरोधसम्म फेरिएको छ, ग्रामीण क्षेत्र नै महामारी नियन्त्रण र चिकित्सा सेवा ग्यारेन्टीको प्रमुख क्षेत्र हो भने बृद्ध, गर्भवती, बच्चा, पुरानो अन्तर्निहित रोगसँग रोगी प्रमुख समूह बनेको छ। ग्रामीण क्षेत्रको महामारी नियन्त्रण प्रणालीको संचालन, औषधि आपूर्ति, गम्भीर रोगको उपचार, बृद्ध र बच्चाको संरक्षणलगायत कार्यको राम्ररी गरी दैनिक स्वास्थ्य सेवा, प्रमुख समूहको व्यवस्थापन, वर्गीकरण चिकित्सा सेवालाई बढाउनुपर्ने पनि उहाँले दोहोर्याउनुभयो।