नव वर्ष अर्थात् युआन तानको विदा अवधिमा यात्रु प्रवाह, दृश्य क्षेत्र, व्यापारिक क्षेत्र पुनःव्यस्त
2023-01-03 14:36:41cri
Share with:

सन् २०२३ नव वर्ष अर्थात् युआन तानको विदा अवधिमा चीनको राजमार्ग, रेलमार्ग, नागरिक उड्डयनको यात्रु प्रवाह निरन्तर रुपमा वृद्धि भएको छ। दृश्य क्षेत्र, व्यापारिक क्षेत्र, रेस्टुरेन्टहरू पुनःव्यस्त अवधिमा प्रवेश गरेका छन्।

सन् २०२२ डिसेम्बर ३० तारिखदेखि हरेक दिन रेलमार्गले ५० लाख ८० हजार यात्रुको ढुवानी गरेको थियो भने जुन गत वर्षको नोभेम्बरको तुलनामा १०९ प्रतिशतले वृद्धि भएको थियो।

चीनको सँस्कृति तथा पर्यटन मन्त्रालयको तथ्यांकअनुसार, सन् २०२३ युआन तानको विदा अवधिमा स्वदेशी  पर्यटकको संख्या ५ करोड २७ लाख १३ हजार ४ सय पुगेको छ। स्वदेशी पर्यटनको आम्दानी २६ अर्ब ५१ करोड ७० लाख चिनियाँ युआन पुगेको छ।