राष्ट्राध्यक्ष सी चिनफिङको नव वर्षको शुभकामना सन्देशको अन्तर्राष्ट्रिय व्यक्तिद्वारा सक्रिय मूल्याङ्कन
2023-01-04 17:03:07cri
Share with:


अन्तर्राष्ट्रिय विभिन्न क्षेत्रका व्यक्तिले चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नव वर्षको शुभकामना सन्देशको उच्च मूल्याङ्कन गरी चीनको विकास प्रगति र अनुभवले विश्वलाई नमूना प्रदान गर्नुका साथै विश्वका विभिन्न मुलुकबीचको सहयोगलाई बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको ठहर गरेका छन्। 

दक्षिण अफ्रिकाका एशिया तथा ब्रिक्स मामिलाका विशेषदूत सुक्लालले विभिन्न कठिनाइ देखिए पनि सन् २०२२ मा चीनको विकास उपलब्धि धेरैजसो विकसित मुलुकभन्दा उच्च भएको र विश्वको विकासका लागि निकै ठूलो विश्वास र ग्यारेन्टी प्रदान गरेको विचार व्यक्त गर्नुभयो।

अफ्गानिस्तानका अन्तर्राष्ट्रिय मामिला विशेषज्ञ सायिदले चीनले शान्तिपूर्ण विकासमार्फत आर्थिक विकास भएको बताउँदै यो चीन सरकारका लागि ठूलो सफलता हो र यसै कारणले चीनले कुनै पनि साथी तथा आर्थिक साझेदारी नगुमाएको बताउनुभयो।