चीनको महामारी रोकथाम नीति र प्रभावकारिताको बदनाम गरेकोमा न्यूयोर्कस्थित चिनियाँ महावाणिज्य दूतावासको विरोध
2023-01-05 17:07:37CRI
Share with:

न्यूयोर्कस्थित चिनियाँ महावाणिज्य दूतावासका प्रवक्ता छियेन चिनले ४ तारिखका दिन चीनको महामारी रोकथाम तथा नियन्त्रण नीतिको समायोजन र महामारीविरुद्धको प्रभावकारितालाई खराब ढंगले प्रचार गर्ने र विकृत गर्ने केही अमेरिकी सञ्चारमाध्यमको गैरजिम्मेवारपूर्ण टिप्पणीको दृढतापूर्वक विरोध गर्नुभएको छ।

 

प्रवक्ता छियेनले कोरोना महामारीको प्रकोपदेखि नै चीनले सधैं जनताको सर्वोच्चता र जीवनको सर्वोच्चतामा जोड दिँदै आएको र सबैभन्दा गम्भीर र खराब समयमा प्रत्येक चिनियाँको जीवन सुरक्षा र स्वास्थ्यको रक्षा गर्न सक्दो प्रयास गरेको बताउनुभयो।

 

उहाँले महामारी विरुद्धको लडाइमा चीनले आर्थिक र सामाजिक विकाससँग महामारीको रोकथाम र नियन्त्रणलाई प्रभावकारी रूपमा समन्वय गर्न, समय र परिस्थितिअनुसार रोकथाम र नियन्त्रणका उपायहरूलाई समायोजन र अनुकूलन गर्ने कुरामा सधैं जोड दिएको बताउनुभयो।