चीनको वसन्त चाड यात्रा ७ तारिखदेखि सुरू
2023-01-06 16:37:52cri
Share with:

सन् २०२३ चीनको वसन्त चाड यात्रा जनवरी ७ तारिखदेखि सुरू भएर फेब्रुअरी १५ तारिखसम्म चल्नेछ। यसरी जम्मा ४० दिन पुग्नेछ। महामारी फैलिएको ३ वर्षपछि चीनको महामारी नियन्त्रण नीति खुकुलो भएको र अघिल्ला ३ वर्षमा चिनियाँहरूको यात्रा चाहना बढेकोले समेत  यसै पटक वसन्त चाड यात्राको यात्रु प्रवाह मात्रा पटक पटक गरी २ अर्ब १० करोड पुग्ने अनुमान छ।

 

त्यत्रो यात्रुलाई सुविधा प्रदान गर्न यातायात प्रणालीसम्बन्धी माग निकै उच्च छ। हाल चीनको राजमार्गको कूल लम्बाइ ५० लाख किलोमिटर छ तीमध्ये द्रूत राजमार्गको लम्बाइ विश्वको शीर्ष स्थानमा रहेको छ। रेलमार्ग संचालन लम्बाइ १ लाख ५५ हजार किलोमिटर छ तीमध्ये उच्च गतिका रेलमार्गको संचालन लम्बाइ ४२ हजार किलोमिटर पुगेको छ भने विश्वको अग्रस्थानमा रहेको छ। तीबाट दशौँ वर्षअघिको दशौँ घण्टाको यात्रालाई केही घण्टासम्म घटाइएको छ।

 

हेर्न सकिने रेल र राजमार्गबाहेक अरू हेर्न नसकिने उच्च विज्ञान तथा प्रविधि पनि छन्। पहिला टिकट लिएर मात्र बस वा रेल यात्रा गर्न सकिन्थ्यो तर अहिले परिचयपत्र, मोबाइलफोन वा अनुहार स्क्यान गरेर पनि यात्रा गर्न सकिन्छ। यसबाट यात्रालाई धेरै सुविधाजनक बनाइएको छ।