गत वर्ष चिनियाँ केन्द्रीय सरकार स्वामित्वयुक्त उद्यमहरूको ३९.४ खरब
2023-01-06 14:34:49CRI
Share with:

सन् २०२२ मा, महामारी र विश्वव्यापी मुद्रास्फीति लगायतका प्रतिकूल कारकतत्वहरू भए तापनि चिनियाँ केन्द्रीय सरकार स्वामित्वयुक्त उद्यमहरूको मुख्य व्यावसायिक सूचकहरू उकालो लाग्दै उत्कृष्ट उपलब्धिहरू प्राप्त गरेका छन्। जसबाट चीनको अर्थव्यवस्थाको "स्तम्भ" र "टेवा दिने" भूमिका निर्वाह गरिएको छ। उक्त जानकारी चीन राष्ट्रिय स्वामित्वयुक्त सम्पत्ति पर्यवेक्षण र प्रशासन आयोगद्वारा जनवरी ५ तारिख आयोजित बैठकमा जनाइएको हो।

प्राप्त तथ्याङ्क अनुसार, केन्द्रीय सरकार स्वामित्वयुक्त उद्यमहरूले सन् २०२२ मा ३९.४ खरब चिनियाँ युआन बराबरको आय हुने अनुमान छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ८.३ प्रतिशतले वृद्धि हुने अपेक्षा छ। प्राप्त कुल नाफामा संलग्न रकम २.५५ खरब चिनियाँ युआन पुगेको छ र यो गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको छ।