चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागद्वारा विदेशी राजनीतिक पार्टी र राजनीतिक सँगठनलाई चीनको महामारी रोकथाम तथा नियन्त्रण अवस्थाबारे जानकारी
2023-01-06 10:11:34cri
Share with:

हालै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले चीनको महामारी रोकथाम तथा नियन्त्रण नीति सामन्जस्यताको मुख्य विषय र सम्बन्धित विचार तथा यसबाट विभिन्न मुलुकबीचको आदान-प्रदान र सहयोगमा पर्ने सकारात्मक प्रभावबारे व्याखा गर्दै विदेशी राजनीतिक पार्टी र राजनीतिक सँगठनलाई जानकारी दिइएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले चिनियाँ कम्युनिष्ट पार्टीले जनता र जीवनलाई प्राथमिक स्थानमा राखेर कोरोना भाइरस महामारीको त्रासको सामना गर्ने तथा जनताको जीवन सुरक्षा र शारिरीक स्वास्थ्यको सँरक्षण गर्ने क्षेत्रमा हासिल गरेको ठूलो उपलब्धिबारे जानकारी दिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका अनुसार, चीनको महामारी रोकथाम तथा नियन्त्रण नीति सामन्जस्यताले चिनियाँ र विदेशीको आवत-जावत र विभिन्न मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि हितकर वातावरण उपलब्ध गराउने छ। चिनियाँ कम्युनिष्ट पार्टीले विभिन्न मुलुकको राजनीतक पार्टीसँग मिलेर अन्तर्राष्ट्रिय महामारीविरुद्धको वातावरणको सँयुक्त रुपमा सामना गर्ने तथा मानव स्वास्थ्य समुदाय र मानव भाग्य समुदायको सिर्जना गर्न सँयुक्त रुपमा अगाडि बढ्ने आशा लिएको छ।