पोहाइ आयलफिल्डको वार्षिक प्राकृतिक ग्याँस उत्पादनको उच्च रेकर्ड
2023-01-07 17:44:27cri
Share with:

सन् 2022 मा चीनको सबैभन्दा ठूलो कच्चा तेल उत्पादन आधार पोहाइ आयलफिल्डको वार्षिक प्राकृतिक ग्याँस उत्पादन लगभग 3.5 बिलियन घन मिटर पुग्नेछ, जसले ऐतिहासिक उच्च रेकर्ड बनाएको छ। यसबाट थ्यानचिन, शानतोङ प्रान्त, ल्याउनिङ प्रान्त आदि स्थललाई पर्याप्त ग्याँस आपूर्ति हुने गर्छ।

हालैका वर्षहरूमा, पोहाइ ग्याँस क्षेत्रको अन्वेषण र विकासको साथ पोहाइ आयलफिल्डले बिस्तारै एकल विकास मोडेललाई बिदाइ गरेको छ र "तेल र ग्याँसको एकै साथ विकास" को नयाँ विकास युगमा प्रवेश गरेको छ। 2022 को  हिउँदे सिजनमा आपूर्ति ग्यारेन्टी कार्यको सहज प्रगति सुनिश्चित गर्न सम्बन्धित विभागहरूले सक्रिय रूपमा ग्याँस रिजर्भ कार्यान्वयन गरेको र थप आपूर्ति ऊर्जाको विकास गरिरहेको जनाइएको छ।