अमेरिकाले महामारीलाई हतियारको रूपमा अपनायो
2023-01-07 17:52:48cri
Share with:

लगभग एक महिनादेखि चीनको महामारी नियन्त्रण नीति खुकुलो भएसँगै अमेरिकाले फेरि चीनमाथि झूटो निन्दा गर्न थालेको छ। वास्तवमा बिग डाटाबाट स्पष्ट देखिन्छ कि ३ वर्षयता अमेरिकाले महामारीलाई हतियारको रूपमा अपनाएर अरू मुलुकमाथि प्रहार गरिरहेको छ।

 

सन् २०२०को अन्तदेखि सन् २०२१को सुरूमा अमेरिका समक्ष हरेक दिनको थप मृत्यु संख्यात्मक रुपमा नयाँ शिखरमा देखिएको थियो।  मानवीय श्रोतसाधनको निकै अभाव भएकोले दशौँ राज्यका स्वास्थ्य विभागले चाँडै नै संक्रमित  समूहमाथिको ध्यान नै त्यागिसकेका थिए। ह्वाइट हाउसका अधिकारीले पनि स्वीकार गरेका थिए कि डेल्टा भाइरस फैलिएको क्षेत्रमा सरकारले खटाएको चिकित्सा टोलीले महामारी नियन्त्रणको कार्यलाई आधारभूत रूपमा अघि बढाउन सकेन।

 

सार्वजनिक डाटा अनुसार, उक्त अवधिमा अमेरिकी सरकारले कोभिड भाइरसको स्रोतबारे प्रचार गरेको ठ्याक्कै यो नै सबैभन्दा वास्तविक समय थियो। महामारी नियन्त्रण गर्न विफल भएको अमेरिका सरकारले अरूमाथि झूटो निन्दा मात्र गर्न सक्थ्यो। तर विश्व कोभिड डाटाबेस जीआइएसएआइडीका अनुसार, चीन कोभिड भाइरस शाखा थोरै देखिन्छन् भने अत्यधिक संक्रामक डेल्टा शिखरमा पुगेको बेला चीनमा नयाँ परिवर्तित शाखा निकै थोरै देखिन्थ्यो। तर अमेरिकामा महामारी फैलिएयता लगभग सबै भाइरस शाखा देखिएका छन् र कोभिड भाइरस शाखा देखिएको सबभन्दा बढी मुलुकमध्येको एक हो। अमेरिका सरकारले विज्ञानमाथि चर्चा गरिरहेको छ तर वास्तवमा महामारीलाई हतियारको रूपमा अपनाइरहेको छ।

 

यसबाहेक अमेरिकाले महामारीको निहुँमा चीनको आर्थिक विषयमा पनि धेरै झूटो निन्दा गरेको छ। चीनको व्यापार प्रवर्द्धन समितिले हाल लगभग १६० भन्दा बढी चीनस्थित विदेशी व्यवसाय र विदेशी वाणिज्य समितिको अनुसन्धानअनुसार, ९९.४ प्रतिशत विदेशी व्यवसायले सन् २०२३ मा चीनको आर्थिक विकासमाथि विश्वास गरिरहेका छन्, ९८.७ प्रतिशतले चीनको लगानी कायम गर्ने वा बढाउने विचार व्यक्त गरेका छन्, ८९.८ प्रतिशतले चीनमा औद्योगिक श्रृंखलालाई कायम राख्ने उल्लेख गरेका छन्, १०.२ प्रतिशतले विदेशमा पर्ने औद्योगिक श्रृंखलालाई चीनमा सार्ने बताएका छन्। अतः भाइरसलाई हतियारको रूपमा लिएर चीनको अर्थतन्त्रमाथि प्रहार गर्ने अमेरिकी अभीष्ट पक्कै विफल हुनेछ।

 

अमेरिकाका आँखामा महामारी सरल सार्वजनिक स्वास्थ्य गतिविधि होइन तर विभिन्न मुद्दाको नियन्त्रण गर्न सक्ने हतियार पनि हो। यो नै विश्व महामारीबाट मुक्त हुन गाह्रो पार्ने सबैभन्दा ठूलो व्यवधान हो।