नयाँ भेरियन्ट सम्बन्धी सूचना र तथ्याङ्क अमेरिकाले जतिसक्दो चाँडो उपलब्ध गराउनुपर्ने चीनको भनाइ
2023-01-09 17:17:34cri
Share with:

हाल बीक्यू.१.१ को सट्टामा एक्सबीबी.१.५ ले अमेरिकामा नम्बर एक स्ट्रेनका रूपमा प्रतिस्थापन गरिरहेको छ। यस सम्बन्धी सूचना र तथ्याङ्क अमेरिकाले बाँडेको छ कि भन्ने प्रश्न जनवरी ९ मा चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक जना पत्रकारले सोधेका छन्। यस प्रश्नको उत्तर दिँदै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले भन्नु भएको छः विश्व्यापी सरूवा रूघा सम्बन्धी सूचना बाँड्ने डाटाबेस अन्तर्गत कोभिड १९ भाइरसको ओपन सोर्स डाटाबाट हेर्दा, प्रकोप शुरू भएको ३ वर्षमा लगभग भाइरसको सबै भेरियन्ट र तिनका शाखाहरू अमेरिकामा फैलिरहेको देखाएको छ। अमेरिका नै भाइरस भेरियन्ट सबभन्दा बढी भेटिने देशहरूमध्ये एक हो। हालसम्म नयाँ स्ट्रेन एक्सबीबी.१.५ अमेरिकामा सबैभन्दा छिटो बढ्दो स्ट्रेन बनेको छ र यसले अमेरिकामा ४० प्रतिशतभन्दा बढी संक्रमित भएका छन्। अमेरिकाले विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समुदायसँग समयमै पारदर्शी ढङ्गले अमेरिकामा महामारीसम्बन्धी सूचना र तथ्याङ्क आदानप्रदान गर्नुपर्दछ र महामारीको थप फैलावट रोक्न व्यावहारिक र प्रभावकारी उपायहरू अवलम्बन गर्नुपर्छ।