चीनभरका धेरै स्थानहरूमा यात्री र मालवाहकको भन्सार क्लियरेन्स पुन: सुरु
2023-01-09 16:09:33cri
Share with:

जनवरी ८ तारिख, चीनभरि कोभिड १९ संक्रमणको "क्लास बी"मा राखिने नीतिको कार्यान्वयनको पहिलो दिन हो। चीनभरिका बन्दरगाहहरूमा बिस्तारै यात्री र मालवाहक भन्सार क्लियरेन्स पुन: सुरु भएको छ।

सिन्च्याङस्थित खोरगोस लगायत ४ राजमार्ग बन्दरगाहमा मानवको आवतजावतको भन्सार क्लियरेन्स पुनः सुरु भएका छन् भने क्वाङसी प्रान्तका सबै बन्दरगाहहरूमा यात्रुहरूका लागि क्रमशः भन्सार क्लियरेन्स पुनः सुरु भएको छ।

चीन राष्ट्रिय अध्यागमन संचालन ब्युरोको घोषणाअनुसार, जनवरी ८ तारिखदेखि पैचिङ बन्दरगाह २४ घण्टे संचालनमा आउनुका साथै १४४ घण्टे निःशुल्क ट्रान्जिट भिसा नीतिको कार्यान्वयन पनि पुनः सुरु भएको छ।

चीनमा प्रवेश सम्बन्धी महामारी रोकथाम नीतिको समायोजनपछि, जनवरी ८ बिहान ०:२३ जाँदा, शनचन पाओआन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान पनि सहज रूपमा अवतरण भएको छ।