चीनमा वसन्त चाड यातायातको तेस्रो दिनमा ३.७ करोड यात्रीहरू जावतजावत
2023-01-10 16:24:37cri
Share with:

चीनको राज्य परिषदको संयुक्त रोकथाम र नियन्त्रण संयन्त्रको बसन्त चाड कार्य विशेष टोलीको पछिल्लो तथ्याङ्क अनुसार, जनवरी ९ मा, चीनभरि ३.७ करोड यात्रीहरूको जावतजावत भएको छ र देशभरिको एक्सप्रेस राजमार्गमा चलेको साना सवारी कारहरूको संख्या २.५ करोड पुगेको छ।

जनवरी ९ मा, चीनभरि रेलवे, राजमार्ग, जलमार्ग र नागरिक उड्डयनले जम्मा गरी ३.७ करोड यात्रीहरूलाई पठाएका छन् जुन गत महिनाको तुलनामा ५.० प्रतिशत बृद्धि भएको छ भने सन् २०२२ को तुलनामा ४७.९ प्रतिशतले वृद्धि भएको छ।