चिनियाँ कम्युनिष्ट पार्टीको कडा व्यवस्थापनलाई चौतर्फी रुपमा अघि बढाउन कहिल्यै रोकिनुहुँदैन राष्ट्राध्यक्ष सीको भनाई
2023-01-10 10:06:31cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको चौतर्फी तथा कडा व्यवस्थापन निरन्तर रूपमा चलिरहने र त्यो कहिले पनि रोकिन नहुने बताउनुभएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय अनुशासन अनुगमन समितिको दोस्रो पूर्ण बैठक जनवरी ९ तारिख पैचिङमा शुरु भएको छ। सो बैठकलाई महत्त्वपूर्ण सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनदेखि आत्म क्रान्तिप्रति चिनियाँ कम्युनिष्ट पार्टीको सोचाई निरन्तर रुपमा गहन हुँदै आएर पार्टीको चौतर्फी तथा कडा व्यवस्थापन सम्बन्धी प्रणालीको प्रारम्भिक रुपमा स्थापना गरिएको कुरामा जोड दिनुभयो। यस प्रणालीलाई पूर्णता दिलाउनका लागि नियम तथा व्यवस्था बमोजिम पार्टीको व्यवस्थापन कायम रहने आवश्यक्ता रहेको पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो।