चीनको अन्नबाली बजारमा सबल आपूर्ति
2023-01-10 16:27:32cri
Share with:

चीन राष्ट्रिय अन्नबाली र सामग्री रिजर्भ ब्युरोद्वारा सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, सन् २०२२ मा ग्रीष्मकालीन अन्न र प्रारम्भिक इन्डिका चामलको खरीद सफलतापूर्वक पूरा भएको छ। साथै शरद ऋतुको अन्नको शिखर सिजनको खरीद स्थिर र व्यवस्थित भइरहेको छ। वर्षभरि विभिन्न अन्नबाली उद्यमहरूले जम्मा गरी खरीद गरेको अन्नबालीको तौल लगभग ४ खरब केजी हुने अनुमान गरिएको जुन बितेका वर्षहरूसँगको औसत स्तरसँग बराबर भएको छ।

अन्नबालीको क्षतिलाई कम पार्नु नै अन्नबालीको फसला बढाउने एक महत्वपूर्ण कार्य हो। चीनका विभिन्न ठाँउमा विज्ञान र प्रविधिमा अन्न भण्डारण गर्ने तरिकामा निरन्तर सुधार भएकाले अन्नको क्षतिलाई कम पारिएका साथै किसानहरूको आय वृद्धि पनि भइरहेको छ। उच्च गुणस्तरीय अन्नबाली योजनाको ठोस कार्यान्वयन गर्न विभिन्न ठाँउहरूमा किसानहरूको लागि सफाइ, सुकाउने, भण्डारण, प्रशोधन, बिक्री लगायत सेवाहरू प्रदान गरिन्छ जसबाट अन्नलाई गोदाममा राखिन प्रत्याभूति दिइन्छ साथै किसानहरूको उत्पादन र आय पनि बढाइन्छ। हालसम्म चीनमा केन्द्रीय सरकार, प्रान्तीय, नगरपालिका र जिल्ला स्तरीय चार-तहमा अन्नबाली आपतकालीन योजना प्रणाली व्यवस्थित भएकोले एक स्थिर र प्रभावकारी अनाज आपतकालीन प्रशोधन, वितरण र आपूर्ति नेटवर्क प्रणाली स्थापित भइसकेको छ।