चिनियाँ परराष्ट्र मन्त्रीद्वारा जनवरी ९ तारिखदेखि अफ्रिका भ्रमण
2023-01-10 18:04:23cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले जनवरी ९ तारिख जानकारी दिनुभए अनुसार, चीन–अफ्रिका चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ प्रगाढ बनाउन र चीन–अफ्रिका मैत्री सहयोग प्रबर्द्धन गर्नका लागि चिनियाँ परराष्ट्र मन्त्री छिन काङले जनवरी ९ देखि १६ सम्म इथियोपिया, ग्याबोन, अंगोला, बेनिन, इजिप्ट र अफ्रिकी संघको मुख्यालय तथा अरब लिगको मुख्यालयको भ्रमण गर्नुहुँदै छ। लगातार ३३ वर्षसम्म हरेक वर्षको शुरूमा चिनियाँ परराष्ट्र मन्त्रीको पहिलो भ्रमण अफ्रिकाबाट हुने परम्परा छ।