विश्व बैंकद्वारा २०२३ मा विश्वको आर्थिक वृद्धि १.७ प्रतिशतमा खुम्चने
2023-01-11 15:45:27cri
Share with:

वाल स्ट्रिट जर्नलका अनुसार, विश्व बैंकले चालु वर्ष विश्वको आर्थिक वृद्धि पूर्व अनुमानभन्दा निकै घट्ने घोषणा गरेको छ। विश्व बैंकको अनुमानमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धि १.७ प्रतिशत हुनेछ। यो सन् २०२२ जुनमा प्रकाशित ३ प्रतिशतको अनुमानभन्दा धेरै कम हो। उक्त बैंकको तथ्याङ्कअनुसार, सन् २००९ र २०२० मा आर्थिक मन्दीपछि यो ३० वर्षमा वृद्धि गति तेस्रो न्युनतम् हो।

अर्को प्रतिवेदनअनुसार, विश्वको मुद्रास्फिति कम हुँदै गए तापनि इतिहासमा उच्चस्थानमा रहेको छ। उच्च मुद्रास्फिति, दर बढ्ने, लगानी घट्ने र रूस तथा युक्रेनबीचको द्वन्द्वलगायत विषयले आर्थिक वृद्धिमा समस्या थपिएको छ।