काउ चिन ह्वा आशियानका महासचिवमा नियुक्त
2023-01-11 15:46:15cri
Share with:

आशियानको सचिवालयबाट जनवरी १० तारिख प्रकाशित घोषणाअनुसार, जनवरी ९ तारिखदेखि काउ चिनह्वा आशियानका महासचिव नियुक्त हुनुभएको छ। उहाँको कार्यावधि सन् २०२३ देखि २०२७ सम्म हुनेछ। उहाँ लिनयुह्वीको सट्टामा नियुक्त हुनु भएको हो।

सन् २०२२ अगष्ट कम्बोडियाका प्रधानमन्त्रीको सहायक काउ चिनह्वा आशियानका नयाँ महासचिव नियुक्त हुनु भएको हो। सन् १९९९ देखि आशियानका महासचिव पदमा नियुक्त हुनु भएका उहाँ कम्बोडियाका पहिलो अधिकारी हुनुहुन्छ।