कोभिड महामारीपछि बहु-मुलुकले चिनियाँ पर्यटकलाई स्वागत गर्न थालेका छन्
2023-01-11 20:00:25cri
Share with:

चीनले नयाँ कोरोनाभाइरस संक्रमणलाई "श्रेणी बी र बी नियन्त्रण" मा समायोजन र चिनियाँ तथा विदेशीबीच आदानप्रदानसम्बन्धी कदम प्रकाशित गरेपछि बहु-मुलुकले विविध कदममार्फत् चिनियाँ पर्यटकको हार्दिक स्वागत गरेका छन्। यी मुलुकहरूले चिनियाँ पर्यटकलाई सीमित गर्ने कदम चालेका छैनन्। मैत्रीपूर्ण वातावरण चिनियाँ पर्यटकले विदेशी पर्यटकीय गन्तव्य छान्ने महत्वपूर्ण कारक तत्वहरूमध्येको एक हो। चीनले पर्यटकहरूलाई यी मुलुकमा यात्रा गर्न प्रत्यक्ष एयरलाइन थप्ने लगायत अझ बढी सुविधा दिनेछ। चीनले पर्यटकहरूलाई राम्रोसँग आफ्नो स्वास्थ्य नियन्त्रण तथा निगरानी गर्ने चेतावनी पनि गरेको छ।

चीनले महामारीको अवस्थाअनुसार निरन्तर रूपमा कदमको सुधार गरेर महामारीको रोकथाम तथा नियन्त्रणमा अन्तर्राष्ट्रिय एकता र विश्वको अर्थतन्त्रको पुनर्त्थानका लागि योगदान दिने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले जनवरी ११ तारिख नियमित पत्रकार सम्मेलनमा बताउनुभएको छ।