इथियोपियाका प्रधानमन्त्री तथा चीनका परराष्ट्र मन्त्री छिन काङ बीच भेटवार्ता
2023-01-11 10:56:56cri
Share with:

इथियोपियाका प्रधानमन्त्री आबी अहमद आलीले जनवरी १० तारिख राजधानी आडिस आबाबामा त्यहाँको भ्रमणमा रहनुभएका चीनका परराष्ट्र मन्त्री छिन काङसँग भेटवार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा प्रधानमन्त्री आबीले आधारभूत प्रबन्ध, हरित अर्थतन्त्र, कृषि र औद्योगिक क्षेत्रको निर्माण लगायतका विविध क्षेत्रमा चीनसँगको सहकार्यमा टड्कारो उपलब्धि प्राप्त भएको भन्दै इथियोपियामा लगानी लगाउन र व्यवसाय चलाउन अझै धेरै चिनियाँ व्यवसायीहरूलाई स्वागत गर्नुभएको छ।

 

परराष्ट्र मन्त्री छिन काङले राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा चीनले सम्पूर्ण रूपमा चिनियाँ ढाँचाको आधुनिकीकरणलाई अघि बढाउनुका साथै दृढताका साथ शान्तिपूर्ण विकास हुने बाटोलाई कायम राख्दै विभिन्न मुलुकको भावी विकासका लागि अझ बढी नयाँ अवसर सिर्जना गर्दै जाने औँल्याउनुभएको छ।